नवीनले नचाए दर्शक

काठमाडौं,
जेठ १४ ।

लोकगायक नवीन पौडेलले आफ्ना गीतमार्फत दर्शकलाई नचाउनु भएको छ । शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक साङ्गीतिक कार्यक्रममा उहाँले आफ्ना चर्चित गीत सङ्गीतबाट दर्शकलाई नचाउनु भएको हो ।

सिंहदरबार मूलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबार साँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो…’, ‘लेउ खुकुरी लेउ…’, ‘के सम्झनु छ र जान्न मत त्यो घर…’, ‘फुलेको तोरीलाई…’लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।

करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एवम् जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ले कमेडी तथा जादुका बिभिन्न प्रस्तुतिमार्फत दर्शकलाई हसाउनुभयो ।
अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एञ्जिला रेग्मी, डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रमका सहभागीता थियो ।

‘स्काई दरबार क्याफे’ सुभाष खड्काले सञ्चालनमा ल्याउनु भएको हो । प्रति परिकार एकसय रुपैयाँमा दिने सुबिधसहित क्याफे सञ्चालनमा आएको हो ।
‘क्याफेमा एक सय परिकारका आइटम छन् । ति सबै सय रुपैयाका दरले खान पाइने सञ्चालनक खड्काले जानकारी दिनुभयो । ‘आफूले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उहाँ दाबी छ । क्याफेसँगै तीनहजार क्षमताको स्काई दरबार ब्याङ्केटसमेत रहेको छ ।

जुन खड्काले केही अगाडि सञ्चालनमा ल्याएउनु भएको हो । खड्काले स्काईको नाममा बिभिन्न स्थानमा क्याफे तथा ब्याङ्केटसमेत ल्याउनु भएको छ । गायक पौडेलको नयाँ गीत ‘मनरेरै हो मनपरेरै हो…’ शनिबार सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार