काठमाडौं,
जेठ १० ।
बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो ।
ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने तय थियो ।
सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो । कार्यक्रम स्थगनबारे औपचारिक रुपमै जानकारी गराइने ओडीसीका निर्देशक प्रबन्ध निर्देशक सीमान्त गुरुङ जानकारी गराउनुभयो ।






