‘घनचक्कर’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं,
वैशाख १० ।

चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ । सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ को ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।

जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको चलचित्रमा हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहनुभएको छ । कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायतलाई देख्न सकिन्छ । चलचित्रको छायांकन सुसन प्रजापतिले र सम्पादन मित्र डी गुरुङको छ । चलचित्र आगामी असार १० गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार