कपिलवस्तुको महाराजगञ्ज नगरपालिका उपमेयर पदकी उम्मेदवार कुर्मीकोे निधन

तौलिहवा
वैशाख २७ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उम्मेदवार बन्नुभएकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो । हृदयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा उहाँको निधन भएको हो ।

कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनुभएको थियो । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार