काठमाडौं,
वैशाख १४ ।
नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कार्यालय समय १ घण्टा बढेको छ । अब कार्यालय समय बिनाग साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।






