स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको अन्तिम दिन

काठमाडौं,
वैशाख १२ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको अन्तिम दिन हो । प्रमुख राजनीतिक दलका अधिकांश उम्मेद्वारले मनोनयनपत्र दर्ता गराउँदै छन् ।

पहिलो दिन आइतबार केही मात्रामा मनोनयनपत्र दर्ता गरिएको छ । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिन मनोनयनको समय दिएको छ । मनोनयन दर्ताको पहिलो दिन देशैभर साना पार्टी र स्वतन्त्र उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका छन् । प्रमुख पार्टीहरूले भने आइतबार मनोनयन दर्ता गराएनन् । अधिकांश ठूला दलले आइतबार साँझसम्म उम्मेदवार छनोट गरिरहेका कारण मनोनयन दर्ता नगराएका हुन् ।

६ वटा महानगर र ११ वटा उपमहानगरमा पाँच दलीय गठबन्धनले भागबण्डा गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको भए पनि आज (सोमबार) मात्रै मनोनयन दर्ता गराउने भएको हो ।

निर्वाचन आयोगका अनुसार आज (सोमबार) बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ । साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ ।

यसमा तपाइको मत

अन्य समाचार