ब्राइडल मेकअप कम्पिटिशन हुँदै

काठमाडौं,
वैशाख १२ ।

ब्युटिसियनहरूको व्यक्तित्व विकाससँगै बेहुली शृङ्गार गर्ने सीप प्रस्तुतिका लागि ‘पियोर स्टाइलिस नेशनल ब्राइडल मेकअप कम्पिटिशन-२०२२’ आयोजना हुने भएको छ ।

ललितपुरको कुमारी पाटीमा रहेको पियोर स्टाइलिस ब्युटी होम एण्ड ट्रेनिङ सेन्टरले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिन चाहनेका लागि फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष एवम् वरिष्ट ब्युटिसियन रिना अवालेले बताउनुभएको छ । जसका लागि वैशाख १८ गतेसम्म पियोर स्टाइलिष्ट ब्युटी होम एण्ड ट्रेनिङ सेन्टरमा सम्पर्क गरेर प्रतियोगीका लागि फारम भरिसक्नुपर्नेछ ।

प्रतियोगितामा सहभागीहरूको यही वैशाख १९ गते अडिशन लिनेभएको छ । त्यसपछि २० गतेदेखि २२ गतेसम्म तीन दिन विभिन्न प्रशिक्षण दिइने भएको छ । यो प्रतियोगिताको फाइनल यही वैशाख २३ गते शुक्रबार ललितपुरको कुपण्डोलमा हुनेभएको छ ।

सो क्रममा प्रतियोगीलाई ब्राइडल जुरो, रशियन हेयर जुरो, ब्राइडल मेकअप, रिसेप्सन पार्टी मेकअप, ब्राइडल नेल अर्ट, ब्राइडल मेहेन्दी आर्ट, ग्रुमिङ, पर्सनालिटी डेभलपमेन्ट, वेडिङ ड्रेस सेन्स, सारी अता अन्य बेहुली ड्रेस लगाउने सिकाउने जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।

‘तीन दिनको प्रशिक्षणपछि बल्ल हामी प्रतियोगीलाई ब्राइडल मेकअप कम्पिटिशनको फाइनलमा उतार्ने छौंं । त्यसपछि विभिन्न टाइटलमा अवार्ड र पुरस्कारसहित विभिन्न असर प्रदान गर्ने छौंं’, आयोजक रिनाले भन्नुभएको छ ।

यो प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद, ट्रफीसहित विभिन्न उपहार र केराटिन ट्रिटमेन्टसम्बन्धी दुई दिनको स्पेश कोर्ष, फष्ट रनर अपले विभिन्न उपहारसहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष र सेकेण्ड रनर अपले पनि विभिन्न उपहारसहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष सुविधा प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार