काठमाडौं,
चैत २६ ।
रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अश्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गर्नुभएको छ ।
प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवती उर्फ युनिका रिङबाटै भाग्नुभएको थियो । जुरेलीले उहाँलाई पटक-पटक बोलाउँदा पनि युनिका रिङमा जानुभएन । जसकारण जुरेली बिजेता बन्नुभयो । जुरेलीले आज (शनिबार) हुने इन्टरनेसनल रेस्लिङमा सहभागिता जनाउँदै हुनुहुन्छ ।






