निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरू सम्मानित हुँदै

काठमाडौं,
चैत २० ।

पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘निम अवार्ड’मा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिदै छ ।

सम्मानित हुनेमा बरिष्ठ गीतकार/साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा सङ्गीतकार दीपक शर्मा, समाजसेवी एवम् मानव अधिकारकर्मी दीर्घराज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरू सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले बताउनुभयो । विगत लामो समयदेखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरूको योगदानलाई मूल्याङ्कन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताइन ।

विगत पाँच वर्षदेखी नेपालमा बोलीने विभिन्न भाषा भाषीसहितलाई समेटेर बृहत् रुपमा निम अवार्डको आयोजना हुँदै आईरहेको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा आफ्नो वेग्लै प्रस्तुति र भुमिका गीत सङ्गीत र कला एवम् संस्कृतिको प्रवद्र्धन गर्दै निम अवार्डले कलाकारिता क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्रमा सिद्धहस्त व्यक्तित्वहरूलाई उहाँहरूको कार्यको सम्मान स्वरुप सम्मान एवम् पुरस्कृत गर्दै आईरहेको छ ।

कार्यक्रममा नेपाल टेलिकम, एभरेष्ट वियर, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, काठमाडौं महानगरपालिका, गरिमा विकास बैंक, होटल आर्ट, व्ल्याक पर्ल, डेल्फिक काउन्सिल, ओम समाज डेन्टल अस्पताल, साउथवेष्र्टन कलेज, एसआई गु्रप, एसएम्एस सेक्यूरिटिज प्रालि, कुमारी बैंक, प्लान ईन्टरनेशनल एजुकेशन, शोभा कलेक्सन लगायतका व्यवसायिक संस्थाहरूले कार्यक्रमलाई सघाएका छन् । स्मार्ट प्यालेस चावहिलमा सम्पन्न हुन गेरहेको उक्त समारोहमा कुल ५१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार