काठमाडौं,
चैत २० ।
निमा तामाङ र अन्नु चौधरीको स्वरमा रहेको गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बुको शब्द/सङ्गीत र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवा प्रेम र आकर्षणको भावलाई समिटिएको गीतको भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ ।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको छ । ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।






