शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत १२ ।

गजलकार शान्ति शर्माको नया गीत ‘बिरानो शहरमा’ सार्वजनिक भएको छ । स्वरूपराज आचार्यको स्वर, वरिष्ठ सङ्गीतकार दीपक जंगमको लय सिर्जना, देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन रहेको भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयम् शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ। मुकेश हुमागाईंले खिचेको भिडियोलाई निर्देशक स्वयम्को सम्पादन छ ।

प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोमा उतारिएको छ । शान्ति शर्माको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार शान्ति शर्माक यसअघि ‘अम्लान फूल’ गजलसङ्ग्रह, ‘बार्दलीमा जून’ मुक्तकसङ्ग्रह लगायतका कृती पाठकमाझ आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार