व्यक्तिमा परिवर्तन आएपनि प्रवृत्ति उस्तै

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत ९ ।

अहिले हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेको छ । यो ब्यवस्था आफैँमा राम्रो व्यवस्था हो । तर, यो ब्यवस्था सञ्चालनकर्ताले राम्रोसँग यसलाई सञ्चालन गर्न नसकेको आभास सबैले गर्ने गरेका छन् । राजनीतिक दल र तिनका नेताहरूलाई सबैले आलोचना मात्र गरिरहेको देखिन्छ । यति हुँदापनि खराव हाम्रा कतिपय नेता सुध्रर्न खोजेको पाइँदैन । विगतदेखि अहिलेसम्म नेताहरूको ब्यवहार उस्तै छ । व्यवस्थालाई दोष दिनु हुँदैन ।

शासन चलाउनेलाई दोष दिनुपर्छ । गलत शासनले जनतामा बितृष्णा र निराश ल्याउँछ । त्यसो भयो भने ब्यवस्थामाथि खतरा आउन थाल्छ । जनताले परिवर्तन गरेर ल्याएको ब्यवस्था हो यो । राजनीतिक दलहरू र तिनका नेताहरूले मनपरी गर्न पाइदैनन् । आज देश विकासको गतिमा अघि बढन सकिरहेको छैन् ।

देश बिकासको बाँधक कुन हो ? अब हामीले सोच्नु पर्ने बेला भएको छ । नेपालका राजनीतिक दलहरू र तिनका नेताहरूले खाली नेपाली जनतालाई भ्रममा पार्ने र भोट तान्ने काम बाहेक अरु केही देखिएको छैन । लोकतान्त्रिक गणतन्त्रमा जनता सुखि र खुशी हुनुपर्ने हो त्यस्तो देखिएन । यो सब गलत नेताको हातमा शासन ब्यवस्था जानुले हो । देशको शासन व्यवस्था राम्रोसँग चल्न सकेन भने देश र जनताले दुःख पाउँछन् । अहिले भएको त्यही हो । जनताले राम्रोसँग खान पाएका छैनन् । महिना नबित्दै महङ्गी बढेर जनता हैरानीमा छन् ।

मान्छेको आयस्रोत भन्दा खर्च बढेर गएको छ । अनि जनताले कसरी आफ्नो जीविका चलाउन सक्छन । महङ्गीले जनता आक्रान्त र आर्कोशित छन् । सरकार जनजीविकाका बिषयमा त्यति गम्भिर देखिएन । यो बडो चिन्ताको बिषय हो । यो ब्यवस्थामा नेताहरू मात्र मोटाउने जनता दुब्लाउने अबस्था देखिएको छ । यसले पनि जनतामा एकखालको नैराश्यता पैदा गरेको छ । अब नेताहरूमा सुधार आउन सकेन भने ठूलो समस्या उत्पन्न हुने खतरा छ । यो देशका कर्मचारी पनि लुटेरा भए । देश लुटन कर्मचारी पनि अग्र पंक्तिमा छन् । सबै कर्मचारी त्यस्ता छैनन् । सबैलाई दोष पनि दिनु हुँदैन । देशलाई खोक्रो बनाएर देश लुटनेहरूलाई जनताले एक दिन कठघरामा उभाउने छन् । यहाँ त जसको शक्ति उसको भक्ति पो भएको छ । यसरी देश चल्दैन र जनता पनि सधै निरिह भएर बस्दैनन् । यस व्यवस्थालाई विश्वमै लोकतान्त्रिक अभ्यासका लागि सर्वाधिक उत्तम ब्यवस्था भनिन्छ । तर, नेपालमा गलत र खराव नेताका कारण देश अघि बढन सकेन ।

अब जनताले राम्रो नेता छान्नु पर्ने बेला आइसकेको छ । मुलुकमा शासकीय व्यवस्थाभन्दा पनि शासकहरू काम नलाग्ने हुन् । केही व्यक्तिमा परिवर्तन आए पनि प्रवृत्तिमा परिवर्तन आएन । सबै भन्दा ठूलो समस्या हो यो । देशको शासन व्यवस्था जनताको बलमा फेरिएको हो । तर, व्यवस्था सञ्चालन गर्ने राजनीतिक नेतृत्वको सोच र चिन्तन फेरिएन । हरेक शासन व्यवस्थामा नागरिकले ठूलो आशा र अपेक्षा राखेका हुन्छन ।

जुन स्वाभाविक पनि हो । देशमा गणतन्त्र स्थापना भएको झण्डै १६ वर्ष बितिसकेको छ । तर, नेताहरूले जनता सामु बोलेका बाचा र प्रतिबद्धता अझै पुरा हुन सकेका छैनन् । देशभित्र रोजगारी सृजना गर्नुको सट्टा सरकार देश बनाउने युवा जनशक्तिलाई विदेश पठाउने कार्यमा प्रोत्साहन गरिरहेको छ । नेपालमा भएका उद्योगधन्दा कलकारखाना बन्द भएका छन् । नयाँ उद्योगधन्दा सञ्चालन गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको देखिदैन ।

देशलाई आत्मनिर्भर बनाउने भनेको कृषि क्षेत्रले हो । यो क्षेत्रको सुधारमा सरकारले राम्रो सोच लिन सकेन । यो व्यवस्था आफैँमा राम्रो छ । तर, शासन व्यवस्था सञ्चालन गर्ने राजनीतिक नेतृत्व अक्षम हुँदा देश बिकासको हिसावमा पछि परेको हो । जसको कारण जनताले दुःख र सास्ती झेल्दै आएका छन् । संविधानमै देश समाजवादउन्मुख हुने विषय उल्लेख भए पनि समाजवादतर्फ जाने विषयमा अहिलेसम्म सरकार र राजनीतिक नेतृत्वको कुनै ध्यान पुग्न सकेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार