डी सिने अवार्डको १२ औँ संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं,
चैत ७ ।

डी सिने अवार्डको १२ औँ संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । आउँदो चैत्र १२ गते हुने अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछविको आयोजनामा हुँदै आएको डिसीने अवार्डको १२ औँ संस्करण हुन् लागेको हो ।

अवार्ड सुरु गर्ने समयमा दुई वटा मात्र डिजिटल फिल्म सभागी भएको सम्झिदै यो यात्रा पार गर्न सहज नभएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताउनुभयो । ’हामीले डिजिटल फिल्महरूलाई बन्न प्रोत्साहन गर्नुपर्छ भनेर नै डीसीने अवार्डको सुरुवात गरेका थियौँ’ अध्यक्ष शान्तिप्रिय भन्नुहुन्छ ,’अहिले डिजिटल फिल्महरू बनिरहेका छन् ।’ पहिलो वर्ष २०६६ सालमा दुई डिजिटल फिल्म र अन्य भिडियो फिल्म अवार्डमा सहभागी भएका थिए ।

२०७६ मा रिलीज भएका फिल्महरू मध्येबाट अवार्डमा सहभागी फिल्महरूलाई निर्णायकले हेरेपछि टप पाँच छानिएको हो । लेखक निर्देशक तथा कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, सङ्गीतकार सन्तोष श्रेष्ठ एवम् अभिनेत्री, मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहनुभएको छ । अवार्ड काभ्रेको धुलिखेलमा सम्पन्न हुँदैछ ।

उत्कृष्ट पाँच मनोनयन

१. उत्कृष्ट पाश्व सङ्गीत
क. रोहीत शाक्य : कबड्डी कबड्डी कबड्डी
ख. शैलेश श्रेष्ठ : मारुनी
ग. सुजिल कर्माचार्य : हजार जुनीसम्म
घ. एलिस कार्की : साङ्लो
ङ. एलिस कार्की : रातो टीका निधारमा

२. उत्कृष्ट ध्वनी मिश्रण

क. उक्तम न्यौपाने : लभ डायरीज
ख. मुकेश शाह : हजार जुनीसम्म
ग. अमित श्रेष्ठ : आमा
घ. सुनयमान श्रेष्ठ : छ माया छपक्कै
ङ. अमित श्रेष्ठ : जात्रै जात्रा

३. उत्कृष्ट गीतकार

क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ : कबड्डी कबड्डी कबड्डी
ख. नरेश भट्टराई – बाचा : वीर वीक्रम
ग. राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र : सेल्फी किङ
ङ. सुरेश वाग्ले – सक्दिन म : मारुनी

४. उत्कृष्ट पाश्र्व गायिका

क. मिलन नेवार – चरीले काफल टीप्यो : साङ्लो
ख. मेलिना राई – रातो टीका निधारमा : रातो टीका नीधारमा
ग. इतु जोजीजु – बिर्सन सकिन : मखमली मखमली
घ. अञ्जु पन्त – भिजिट भिषामा : दाल भात तरकारी
ङ. मिना निरौला – जुनको जुनेली : छ माया छपक्कै

५. उत्कृष्ट पाश्र्व गायक

क. सुगम पोखरेल – सत्य सत्य : हजार जुनीसम्म
ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी : कबड्डी कबड्डी कबड्डी
ग. कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
घ. प्रमोद खरेल – रातो टीका निधारमा : रातो टीका निधारमा
ङ. नीशान भट्टराई – भिजिट भिषामा : दाल भात तरकारी

६. उत्कृष्ट चलचित्र लोक सङ्गीत सङ्गीतकार

क. एस.डी. योगी – जुनी काट्छेउ : कबड्डी कबड्डी कबड्डी
ख. राजनराज सिवाकोटी – चरीले काफल टिप्यो : साङ्लो
ग. बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै
घ. राजनराज सिजाकोटी – एमजी रोडैमा : हजार जुनीसम्म
ङ. अर्जुन पोखरेल – छम् छम् : लभ डायरिज

७. उत्कृष्ट सङ्गीतकार

क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज
ख. सुरेश अधिकारी – झ्याम्मै आँखा झ्याम्मै : साङ्लो
ग. कोशिष क्षेत्री – बजार लाग्या छ : दी कर्मा
घ. एलिस कार्की – कुन मायाको साईनो : साइनो
ङ. ताराप्रकाश लिम्बु – बाचा : वीरवीक्रम २

८. उत्कृष्ट नृत्य निर्देशक

क. कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म
ख. शिशिर खाती – सिल्की सिल्की : च च हुई
ग. कविराज गहतराज – जुनको जुनेली : छ माया छपक्कै
घ. विक्रम लामा/एञ्जीला खत्री – सुन्यौ कि सुनेनौ : लभ डायरीज
ङ. कविराज गहतराज – चरीले काफल : साङ्लो

९. उत्कृष्ट द्वन्द्व निर्देशक

क. सम्राट बस्नेत : जाईरा
ख. शंकर महर्जन : हिरो नं. १
ग. श्री श्रेष्ठ : साङलो
घ. अष्ट महर्जन : दी कर्मा
ङ. हिमाल के.सी. : वीर विक्रम २

१०. उत्कृष्ट हाँस्य कलाकार

क. राजाराम पौडेल : दाल भात तरकारी
ख. जयनन्द लामा : साङ्लो
ग. केदार प्रसाद घिमिरे : छ माया छपक्कै
घ. क्षितिज सुवेदी : वीरबीक्रम २
ङ. शिवहरी पौडेल : रातो टीका निधारमा

११. उत्कृष्ट खलपात्र

क. प्रकाश शाह : साङ्लो
ख. शिशिर वाङदेल : छ माया छपक्कै
ग. प्रमोद अग्रहरी : जाईरा
घ. परमिता आर.एल. शाह : दी कर्मा
ङ. बुद्धी तामाङ : वीर वीक्रम २

यसमा तपाइको मत

अन्य समाचार