काठमडौं,
चैत ६ ।
आभा मुकारुङ राई र हेमन्त चेम्जोङको स्वर रहेको गीत ‘झिलमिल तारा’ सार्वजनिक भएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँलाई फिचरिङ गरिएको छ । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन छ । गीतको भिडियो आभा एरा युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






