आँचल र विज्ञान अभिनित ‘शिरमाथी शिरफूल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत २ ।

एस् डी योगी र अस्मिता अधिकारीको स्वरुमा रहेको गीत ‘शिरमाथी शिरफूल’ सार्वजनिक भएको छ । आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=lYHCQMHRDkM

शब्द कृष्ण सुवेदीको शब्द, योगीकै लय सिर्जना रहेको गीतको भिडियोमा छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको छ भने उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा छायाँकन गर्नुभएको छ ।

मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचरिङ गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । भिडियोलाई प्रशान्तराज मालाकार र विज्ञानले मिलेर निर्माण गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार