काठमाडौं,
फागुन ३० ।
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । निकोलष पाण्डेले ३३७ र हुमनाथ कोइराला ३३ मत प्राप्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । यस्तै लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी हुनुभएको छ ।






