पाँच स्रष्टाका सात कृति लोकार्पण तथा सम्मान अर्पण

काठमाडौं,
फागुन १६ ।

एकै मञ्चबाट एकै पटक पाँच स्रष्टाका सातकृति शनिबार लोकार्पण भएका छन् । लोकार्पण भएका कृतिहरूमा प्रा.डा. ऋषिराम पोखरेलका ‘युवा प्रति’ कवितासंग्रह र ‘ध्रुवचरित्र’ खण्डकाव्य तथा प्रा.डा. अर्जुनदेव भट्टको निबन्धसंग्रह ‘समययात्रा’ रहेका छन् । यसैगरी लोकार्पित अन्य कृतिहरूमा साहित्यकार हरिभक्त सिग्देलका ‘म अमर छु’ कविता संग्रह र ‘हनुमान चालिसा’, कवि कलानिधि दाहालको ‘पद्य कवितासंग्रह आफैं भए सुन्दर’ तथा रश्मि भट्टको कविता संग्रह ‘युगका आवाजहरू’ रहेका छन् ।

लोकार्पित कृतिहरूमध्ये ‘म अमर छु’ को गोपीनाथ मैनाली, ‘हनुमान चालिसा’ को प्रा.डा.ऋषिराम पोखरेल, ‘समययात्रा’ को दामोदर पुडासैनी किशोर, ‘युगका आवाजहरू’ को युवराज मैनाली, ‘आफैं भए सुन्दर’को चन्द्रप्रसाद न्यौपाने, ‘युवा प्रति’ रामप्रसाद पन्त तथा ‘ध्रुव चरिरत्र’ को कलानिधि दाहालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको प्रथम वार्षिकोत्सवको उपलक्षमा सञ्चालित उक्त कार्यक्रम प्रा.डा.कुमार कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि पूर्वसचिव गोपीनाथ मैनाली रहनुभएको थियो । ऋषिराम पोखरेल, प्रा.डा.खेम कोइराला बन्धु, नरेन्द्रराज पौडेल, तथा प्रदीप बम्जम विशिष्ठ अतिथि रहनुभएको उक्त कार्यक्रममको उद्घाटन प्रमुख अतिथि मैनालीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । बटुकहरूको स्वस्तीवाचनबाट सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कलानिधि दाहालले सवागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका सदस्य, संरक्षक तथा पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने विभिन्न व्यक्तिलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पार्वती जमकटेल, प्रेमकुमारी केसी, शिव उपाध्याय, अरुण ओझा, रोजी सिग्देल, रोहिणी सिग्देल, रोशनि सिग्देल तथा मीना सिग्देलद्वारा स्थापित विभिन्न पुरकारबाट प्रा.डा. गोविन्दराज भट्टराई, पत्रकार एकराज पाठक, साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारी, ऋषिराम लामिछाने ‘गोर्खे साइलो’, जनार्दन अधिकारी ‘धड्कन’ पुरस्कृत हुनु भएको थियो ।

यसैगरी पुरस्कृत हुने अन्य व्यक्तिमा कल्पना काफ्ले, निर्मलरमण पराजुली, विनोदप्रसाद धिमाल, अमरबहादुर श्रेष्ठ ‘अमर त्यागी’ तथा बालप्रतिभा रोजिना अधिकारी हुनुहुन्थ्यो । कार्यक्रम साहित्यकार कल्पना काफ्लेले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार