सरिता र सुवर्णको स्वरमा ‘चिया पकाउ’ (भिडियोसहित)

काठमाडौं,
माघ २१ ।

सरिता भारती र सुवर्ण कुमारको स्वरमा रहेको लोक लयको गीत ‘चिया पकाउ…’ सार्वजनिक भएको छ । सुवर्णकै शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुवास बुढाथोकीले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा सरिता र प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । भिडियोमा सरिता र प्रवणसँगै विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मागराती, सुस्मिता कार्कीको अभिनय छ ।

एस कुमारको छायाँकन तथा सम्पादन र वीरेन्द्र भाट विपिनको रङ्ग सँयोजन रहेको भिडियोलाई बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार