काठमाडौं
माघ १८ ।
मंगलबार थप पाँ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पिसीआर परीक्षण गर्दा तीन हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ९२६ जना गरी कुल पाँच हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो समय ७३ हजार १७८ जना होम आइसोलेसनमा छन् भने एक हजार ४७५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार आठ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै आठ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९१.०१ प्रतिशत रहेको छ ।
थप नौ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।
मंगलबार काठमाडौं उपत्यकामा एक हजार ९०७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सबैभन्दा धेरै कास्कीमा तीन हजार ३४९, झापामा १४१, मोरङमा १२१, रुपन्देहीमा ७३, सुनसरीमा ६४, चितवनमा ५८, सिरहामा ५७, नुवाकोटमा सात, कैलालीमा ५५ र काभ्रेपलाञ्चोकमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






