सोमबार थप पाँच हजार २९२ जनामा संक्रमण, आठको मृत्यु

काठमाडौं,
माघ १७ ।

सोमबार थप पाँच हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४७२ जना र पाँच हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जना गरी कुल पाँच हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ ।

पछिल्लो समय देशभर ७९ हजार २७२ सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार सोमबारसम्म देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका भने एक हजार ६०७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार आठ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै आठ लाख ६२ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९०.५प्रतिशत रहेको छ ।

थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार काठमाडौं उपत्यकामा एक हजार ७७२ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार