मिलन चाम्सको नयाँ चलचित्र ‘वर एण्ड वधु’ फागुन तेस्रो सातादेखि फ्लोरमा जाने

काठमाडौं,
माघ १७ ।

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘वर एण्ड वधु’ फागुन तेस्रो सातादेखि फ्लोरमा जाने भएको छ । कमेडी र लभ स्टोरी कथामा तयार हुने यो चलचित्रमा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहने बताइएको छ । चलचित्रमा आँचलले वधुको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली चलचित्र हो । उहाँले लकडाउनपछि साउथको चलचित्र ‘हिटम्यान’ मा काम गर्नुभएको थियो ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो चलचित्रका लागि अभिनेताको खोजी भइरहेको छ । यो चलचित्रमा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने निर्देशक चाम्सले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार