इलाम,
माघ १५ ।
सूर्योदय नगरपालिका-१० इलाम निवासी २८ बर्षीय युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाईको आरोहण गरिसक्नु भएको छ ।
इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहनु भएकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनुहुने छ । बाइक राइडिङलगायतका साहसिक खेलमा रुची राख्ने युवन्तिकाको यो प्रयासले इलामको पर्यटनलाई अझ प्रचार गर्न थप मद्दत पुग्नेछ ।
पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन प्रतिबद्ध युवन्तिकाको यो अभियान अत्यन्त खर्चिलो छ । यो युवा जोसलाई सबैले सहयोग गरेर उहाँको अभियानलाई सफल बनाउन इलाम विकास समाज, काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीले अपिल पनि गर्नुभएको छ ।






