डब्बु र सानुबाबुको गजलमा ‘तिम्रो याद…’ (भिडियोसहित)

काठमाडौं,
माघ १२ ।

डब्बु क्षत्रीको नयाँ गजल ‘तिम्रो याद…’को भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाई सानु बाबु महर्जनले गाउनुभएको छ ।

ब्राइटर तिम्रो सुर मेरो गीत…का फाइनलिष्ट बन्नुभएका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ । यो गजललाई सङ्गीतकार जुगल डंगोलले सङ्गीत गर्नुभएको हो ।

भिडियोको निर्देशन र सम्पादन पनि डब्बु आफैँले गर्नुभएको हो । पोखराका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको यो गजलमा कलाकार निश्चलविक्रम पौडेल र सृष्टि कडरीयाले अभिनय गर्नुभएको छ ।

राहदानीसहित विभिन्न चलचित्र, क्राइम पेट्रोल नेपाल र नाटकमा अभिनय गर्नुभएका निश्चलले म्युजिक भिडियोमा भने पहिलो पटक काम गर्नुभएको हो । गजलको भिडियोलाई मिलन शंकरले खिच्नुभएको हो भने वीरेन्द्र भाट ‘विपिन’को रंग संयोजन छ ।

युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताउनुभयो । डब्बु क्षत्रीको यो १०औं गजल हो ।

यसमा तपाइको मत

अन्य समाचार