रियालिटी शो ‘सिङ्गरः सोल फुल भ्वाइस’ हुने

काठमाडौं,
माघ ११ ।

रियालिटी शो ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको हो ।

‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’संचालक श्याम धितालले भन्नुभयो ।

विजेताले नगद २५ लाखसहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाइ छ । नेपाली गीतसङ्गीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायकगायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ ।

आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार