काठमाडौं,
माघ ७ ।
सुरेन्द्र बसेलको निर्देशनमा लोकगीत ‘बनको खरायो…’ सार्वजनिक भएको छ । निकेस पुन, राम रसाइली, शान्तीश्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राम रसाइलीको सङ्गीत र शव्द रहेको गीतमा बीबी अनुरागीको एरेञ्ज छ । निर्देशक बसेलकै कोरियोग्राफी रहेको गीतमा शुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नवीना कार्की लगायतका कलाकार फिचर्ड छन् । भिडियो डीएआर मुभिजमार्फत युट्युवमार्फत सार्वजनिक गरिएको छ ।






