‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक

काठमाडौं,
पुस २२ ।

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीबीच चलचित्रको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताउनुभयो । निर्देशक भास्करका अनुसार चलचित्र प्रदर्शनको लागि तयार भइसकेको छ ।

सार्वजनिक फर्स्टलुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड हुनुहुन्छ । वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा हुनुहुन्छ । चलचित्रको निर्माता केदार भुसाल हुनुहुन्छ भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ हुनुहुन्छ ।

निर्देशक भास्करकै पटकथामा बनेको चलचित्रको कथा लेखन नव विजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गर्नुभएको छ । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार