काठमाडौं,
पुस २१ ।
स्वरुपराज आचार्य र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘कहाँ होला’ सार्वजनिक भएको छ । सोनाम डोमा भुटियाको शब्द, गुरु भोटियाको सङ्गीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा मिराजविक्रम सिंह र सीता ज्योतिलाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाटको छायाँकन रहेको भिडियोमा विकाश ज्ञवालीको सम्पादन तथा कलर रहेको छ ।






