माओवादी केन्द्रको महाधिवेशन आज

काठमाडौं,
पुस ११ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदैछ । आठौं महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।

हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

स्थायी समित बैठकको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । महाअधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अपराह्न १ बजे सम्मेलन सुरु हुने प्रवत्ता महराले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार