‘सिल्ली फो’ इन्डक्ल्याप

काठमाडौं,
पुस ३ ।

निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नयाँ चलचित्र ‘सिल्ली फो’ को छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर छायांकन सकिएको निर्माण टिमले जनाएको छ । केही समयदेखि चलचित्रको नेपालगञ्ज आसपासका ठाउँमा छायांकन भइरहेको थियो । कमेडी जनरामा निर्माण भएको चलचित्रले केकीलाई जन्मदिनको शुभकामनासहित इन्डक्ल्याप गरेको हो ।

चलचित्रमा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईंले अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । हृयाप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुनुहुन्छ ।

विशाल श्रेष्ठ र सागर विष्ट सह-निर्माता रहेको चलचित्रमा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन छ । चलचित्रका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार