सीता र मदन केसीको स्वरमा ‘बरको शीतल छायाँ’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २३ ।

सीता केसी र मदन केसीको स्वरमा रहेको गीत ‘बरको शीतल छायाँ…’ सार्वजनिक भएको छ । ‘मलाई अमेरिका यही’, ‘छलछल पानी’, ‘भाग्यले नि ढाँट्यो’, ‘जिन्दगी भार भयो’ लगायतका लोकप्रिय गीतमा स्वर दिनुभएकी गायिका सीता केसीले यतिबेला आफ्नै भाइ मदन केसीसँग सहकार्य गर्दै ‘बरको शीतल छायाँ’ बजारमा ल्याउनु भएको हो ।

लोक गीतलाई अलि फरक प्रस्तुतिका साथ रोमान्टिक र मायाप्रेमको शैलीमा प्रस्तुत गरिएको गीत हो ‘बरको शीतल छायाँ’ । अर्जुन खड्का बाबुको शब्द, दीपक घर्तीको सङ्गीत, सबिन सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतमा कुमार रानाको मिक्सिङ छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो सार्वजनिक गीतको भिडियोमा राजन केसी र सगुन शाहीलाई फिचरिङ गरिएको छ ।

वीरेन्द्र भट्टको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गर्नुभएको हो भने मदन खड्काको निर्देशन हो । गीतको भिडियोलाई सीता केसीको अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार