विनोदको प्रेमीगीत सार्वजनिक

काठमाडौं,
मंसिर २२ ।

लामो समयदेखि विभिन्न हाँस्य टेलीफिल्म, टेलीफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायःजसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आउनु भएको कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थाल्नुभएको छ ।

विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत छ । प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गर्नुभएको छ । कथानक म्युजिक भिडियोको कथा र निर्देशन विनोदकै रहेको छ । केसीले आप्mनो यो पछिल्लो म्युुजिक भिडियो राजधानीको वसन्तपुर दरबार, रानीपोखरी, धरहराजस्ता पुरातात्विक तथा ऐतिहासिक स्थानमा छायांकन गर्नुभएको छ ।

गीतमा प्रेमीले आफ्नो प्रेम र प्रेमीकाको वयान गर्ने क्रममा भनेका छन् । म्युजिक भिडियोमा किरण चौसिरको छायांकन तथा राजकुमार मगरको सम्पादन छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार