जोशीका दुई कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स:’ एकसाथ सार्वजनिक

ललितपुर,
मंसिर १० ।

साहित्यकार रीतादेवी प्रधान जोशीका कथा र कविताका दुई कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स:’ एकसाथ सार्वजनिक गरिएको छ ।
सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा सम्पन्न कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायतले रितादेवीको उक्त कृतिहरू विमोचन गर्नुभयो । शताब्दी पुरुष तथा संस्कृतिविद् जोशीले नेपाली साहित्यको विकासमा विदेशमा बस्दै आएका स्रष्टाहरूको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा साहित्यकार धु्रव मधिकर्मी, पूर्ण ताम्राकार, शाक्य सुरेन, पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, तुयु पुं र पूर्णिमा शाक्यले बोल्नुभएको थियो । विदेशमा भएका कारण कृतिका स्रष्टा रीतादेवीले जुम प्रविधिमार्फत् आफ्ना विचार राख्नुभएको थियो ।

https://www.youtube.com/watch?v=tAG9d3ewg5Y&t=1332s

यसमा तपाइको मत

अन्य समाचार