आर्यालाई मिस लिटिल नेवाः को उपाधि

काठमाडौं,
कात्तिक ३० ।

नेवार बालिका तथा किशोरीहरूको सौन्दर्य प्रतियोगितामा सामाखुशीकी १० वर्षीया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल हुनुभएको छ ।  प्रतियोगितामा आर्या मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाइसको उपउपाधिलाई समेत आप्mनो बनाउन सफल हुनुभयो । आर्याले उपाधिसँगै नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नुभयो । राजधानीमा शनिबार सम्पन्न सांस्कृतिक प्रतियोगिता मिस नेवाःको आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको थियो ।

प्रतियोगिताका प्रमुख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको उत्कृष्ट पाँचमा पुग्न सफल प्रतियोगीलाई नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूण छ भन्ने प्रश्नमा संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वका लागि बनाइएको हो । यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभूषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन् ।

यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन । मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउन संस्कृति पनि महत्वपूर्ण छ । संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न सिकाउँछ । हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्वपूर्ण छ भन्ने सटिक जवाफ दिएर निर्णायहरूको मन जित्नुभएको थियो ।
कोभिडपछिको माहौलमा पहिलोपटक खचाखच दर्शकका बीच सम्पन्न १३औं संस्करणको मिस लिटिल नेवाः नेपाल प्रतियोगितामा प्रनिधि मानन्धर फष्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए । त्यसैगरी सिचु मानन्धर मिस ट्यालेन्ट फष्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा वेष्ट स्माइल चुनिनुभएको थियो ।

फष्ट र सेकेण्ड रनर्सअपका विजेतलाई क्रमशः १५ र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्‍यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमुख इन्द्ररत्नबज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणिश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रिजु मानन्धर निर्णायक तथा अन्तर्राष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमुख निर्णायक रहेको प्रतियोगिामा तिसा तण्डुकार वेष्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फष्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेण्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फष्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेण्ड रनर्सअप, एभान्जलिना महर्जन वेष्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन वेष्ट हेयर, सान्भी श्रेष्ठ वेष्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताउनुभयो । प्रतियोगिता मिस नेवाः कि फष्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार