उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको समापन

काठमाडौं,
कात्तिक २५ ।

उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको समापन गरिएको छ । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन् ।

मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार