मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजितालाई

काठमाडौं,
कात्तिक १४ ।

मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेतले चुम्नुभएको छ । मिस नेपाल अमेरिका भइसक्नु भएकी सुजिताले उपाधिसँगै १० लाख रुपैयाँ नगद जित्नुभएको छ । उहाँले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

फस्ट रनरअप निनाकान्त मण्डल हुँदा रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप हुनुभयो ।अमेरिकामा बस्दै आउनुभएकी सुजिताले विदेशलाई कर्मभूमि बनाए पनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार