मच्छेनारायण दीपावली साँझ २०७८ हुने

काठमाडौं,
कात्तिक १२ । 

नेपालीहरूको महान् चाड दीपावलीको शुभ अवसरमा मच्छेनारायण दीपावली साँझ हुने भएको छ । एमआरएस जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवी अधिकारी र राजु थापाको संयुक्त आयोजनामा यही कात्तिक १६ गते कीर्तिपुरको मच्छेगाउँको चम्पादेवी बसपार्क, अधिकारी टोलमा दिनको ११ बजेदेखि हुन लागेको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताईएको छ ।

आफ्नो कला, संस्कृतिको सम्मान, जगेर्ना गर्नुपर्छ भन्ने मुल उद्देश्यका साथ नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसँगै शुभकामना आदानप्रदान कार्यक्रम, कलाकार, समाजसेवीलाई सम्मान तथा जलपान कार्यकम पनि समावेश रहेको कुरा आयोजकद्वय रवी अधिकारी तथा राजु थापाले जानकारी गराउनुभयो ।

कायक्रममा चर्चित गायकहरू हरि कर्माचार्य, रवी रिमाल, कमल खत्री, सपन श्रेष्ठ, नवराज घोरासैनी, प्रकाश कटुवाल, कर्णराज गिरी, गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठ, राजेश विष्ट, मञ्जु गौतम, रुबिसा श्रेष्ठ, सबिता थापा, एलिसा श्रेष्ठ लगायतको प्रस्तुति रहेन आयोजकले जानकारी गराएको छ ।

कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजन र मेरो एम टिभी युट्युब च्यानलले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ । कार्यक्रम सञ्चालन सञ्चारकर्मी राधा रिमाल र गायक तथा प्रस्तोता रमेश श्रेष्ठ मेलोडी, गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठ तथा चर्चित हास्य कलाकार तथा महादेव त्रिपाठीले गर्ने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

अन्य समाचार