काठमाडौ,
कात्तिक ८ ।
सोमबार थप ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर गरिएको आठ हजार २८४ आरटी पिसिआर र दुई हजार ५८० एन्टिजेन गरी कुल १० हजार ८६४ जनामा गरिएमो परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख नौ हजार ७२९ पुगेको छ ।
पछिल्लो समय देशभर १० हजार ३६० जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये नौ हजार ७१७ जना होम आइसोलेसनमा छन् भने ७४३ संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २५४ जना र भेन्टिलेटरमा ७४ जना उपचाररत छन् ।
सोमबार ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ८८ हजार आठ पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ ।
थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार सबैभन्दा धेरै काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१, ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






