कविता : हतारमा

✍️ पेशल आचार्य
काठमाडौं,
असोज २५ ।

बिन्ती सबै थोक गर
परिचय गर
अनु्च्छेद संयोजन गर
थकाइ मार
आरोहण गर
नदीपार गर
जे जे गर
जो जो गर
बस् हुन्छ
मानेको छु
ठानेको पनि छु
तर हतारमा निर्णय नगर,

यहाँ धेरै मानिसहरू
हतारमा निर्णय गरेर
फुर्सद्मा पछुताउँ छन्,

हेर
विचार गर
सोच
सोचाइलाई पूर्णता देऊ
आफू खुसी सबै सबै गर
पढ
लेख
योग्यता बढाऊ
माथि जाऊ
ठूलो नबन
असल बन,

सबै सबै गर
तर हतारमा
कसैलाई माया नगर
हतारको माया
आकृतिमा नआउँदै हराउन पनि त सक्छ ।

यसमा तपाइको मत

अन्य समाचार