कविता : भार्या

✍️ पेशल आचार्य
काठमाडौं,
असोज २३ ।

तिमी रहर गर
मैले जसरी तसरी पुर्‍याएको हुने छु
तिमी ऊर्जा देऊ
मैले पहाड आरोहण गरेको हुने छु
तिमी खेलकी निर्णायक हौ
तिमी पुराणकी वाचक हौ
तिमीले दिएका आर्शीवादले
अनुजहरू कृतकृत्य भएका छन्
सन्ततीहरू धन्य धन्यभएका छन्
रम्रिएर हामी पनि बेबहारमा
यति व्यस्त छौं कि
कहिले त हामी खसम भार्या भन्ने नि बिर्सन्छौं,

धन्न हौ
तिमी मेरी भार्या
म तिम्रो खसम
यति मै हामी खुसी छौं
यही भएर नै हामी भाग्यमानी छौं ।।

यसमा तपाइको मत

अन्य समाचार