‘नरिसाउन…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज १८ ।

जिबेश म्युजिकको सहकार्य र आकाश मनगरको प्रस्तुति रहेको गीत ‘नरिसाउन…’ सार्वजनिक भएको छ । गायक तथा मोडल जिबेश सिहं गुरुङको शब्द र एलिना चौहानसँगै आकाश मगरको स्वर रहेको गीतमा कुशल सिहंको एरेञ्ज छ ।

सियोन श्रेष्ठको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा जिबेश सिहं गुरुङ, सोनिया महत, उत्तम केसी र रोहित कार्कीको मुख्य अभिनय छ ।

पवन शुसलिङको छायाँकन र सम्पादन रहेको भिडियोलाई आकाश मगरले निर्माण गर्नुभएको हो । भिडियोलाई जिबेश म्युजिक नामक अफिसियल युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार