काठमाडौं,
असोज १७ ।
किसिपिडी फुटसल ग्रुपको आयोजनामा प्रथम किसिपिडी फुटसल कप प्रतियोगिता सम्पन्न भएको छ । पहिलो किसिपिडी फुटसल कप प्रतियोगिता २०७८ को उपाधि बनस्थलीले चुम्न सफल भएको छ । शुक्रबार शुरु भई शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि-५ स्थित चन्द्रागिरि फुटसल मैदानमा भएको थियो ।
पानिघात युवालाई पेनाल्टी सुट आउट मा २ गोलका विरुद्ध ३ गोलले पराजित गर्दै बनस्थलीले ५० हजार नगद रुपैयाँ पुरस्कार राशीसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । योसँगै पानिघाट युवा २५ हजार नगद रुपैयाँ पुरस्कारसहित ट्रफी र पदकसहित दोस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी ब्लूबेल एफसीले तेस्रो स्थानको उपाधी चुम्न सफल भयो । गलबन युनाईटेडलाई २-० ले हराउँदै ब्लूबेल एफसीले तेस्रो स्थान हासिल गर्न सफल भएको हो । यसैगरी ब्लूबेल एफसीले र गलबन युनाईटेले पाँच/पाँच हजार नगद रुपैयाँ पुरस्कारसहित ट्रफी र पदक हासिल गरेको छ । विजेतालाई प्रमुख अतिथी र उपस्थित अतिथीको हातबाट नगद पुरस्कार तथा सिल, मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलकर्ता ब्यूबेल ए.सि रुपेश अधिकारी, उत्कृष्ट खेलाडी पानिघाटका महेश लामा, उत्कृष्ट गोलकिपर बनस्थलीका राजु लामाले हात परेका थिए ।
यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद र आभार एय्कत गर्दै भविष्यमा यस्तै कार्यक्रम गर्न थप उर्जा मिलेको र यस्तै सहयोग र साथ र मायाको आपेक्षा रहेको कुरा संयोजक प्रबिन महर्जन (ज्युभेन्टस महर्जन)ले बताउनुभयो ।






