दीपक कोइरालाको नयाँ गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज १५ ।

गीतकार दीपक कोइरालाको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभएको हो ।

दीपक कोइरालाको शब्द रहेको आमा गीतमा रामकृष्ण ढकालले स्वर दिनुभएको छ भने सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएको हो ।

एरेञ्ज प्रेमराना औतारीले गर्दा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको काम भने भोला पौडेलले गर्नुभएको छ ।
गीतकार कोइरालाका यसअघि पनि अरु थुप्रैं गीत बजारमा आइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार