थप ११ सय ६७ जनामा कोरोना संक्रमण, आठको मृत्यु

काठमाडौं,
असोज १३ ।

बुधबार थप एक हजार १५७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार थपिएसँगै कूल संक्रमित संख्या सात लाख ९४ हजार पुगेको छ । बुधबारको दैनिक संक्रमण दर ७.९५ प्रतिशत छ ।

पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा एक हजार ३१५ संक्रमित छन् । यस्तै देशभकार विभिन्न अस्पतालमा ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।

बुधबार थप एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ६४ हजार पुगेको छ ।

थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार १२३ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार