डा. डीआर उपाध्याय
काठमाडौं,
असोज १३ ।
मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । ओलीको यो एकताबद्धको सन्देश के हुने हो त्यो हेर्न बाँकी छ । पार्टी फेरि फुटने हो की कुनै ठेगान छैन । एमालेलाई एकताबद्ध राख्नका लागि केपी ओली अलि गम्भिर हुनुपर्छ । कुनै समय यस्तो थियो एमाले भने पछि युवा जमात जुरर्मुराउथ्यो । अहिले त्यस्तो छैन । पहिले धेरै युवाको जमात एमालेमा थियो । अहिले एमाले तितर बितर छ । अहिले १० बुँदे सहमतिका कुराले एमाले भित्र बिवाद छ । पार्टी एकताबद्ध हुने कुनै सङ्केत देखिदैन ।
अध्यक्ष ओलीले गम्भिरता पूर्वक नसोच्ने हो भने अब एमाले सीपी मैनालीको माले जस्तो हुन कुनै बेर छैन । यदि एमालेले पार्टी मिलाउन सकेन भने एमाले सीपी मैनालीको माले जस्तो हुन्छ । पार्टी चलाउन स्पष्ट भिजन चाहिन्छ खै भिजन भएको नेता ? जति प्रतिबद्धता व्यक्त गरेपनि पार्टी एकता भएन । यो नै चिन्ताको बिषय हो । एमाले फुटेर अर्को पार्टी बन्यो ओलीलाई अझै चिन्ता छैन । १० बुँदे सहमति अझै कार्यान्वयन भएको छैन । बिश्वास गर्ने कुनै आधार अझै बनेको छैन । एमाले पार्टी बलियो बनाउने हो भने ओली गम्भिर बन्नुपर्छ ।
यो तालले एमाले अगाडि बढ्न सक्दैन । यद्यपी, सहमति गर्ने कुरामा रावल र ओलीबीच फेरि बार्ता गर्नुपर्ने अबस्था सिर्जना हुनसक्छ । १० बुँदे प्रतिबद्धता कार्यान्वयन नभएसम्म रावल लगायतका नेताहरूको भबिश्य एमालेमा छैन । सुदूरपश्चिमका इन्चार्ज भीमबहादुर रावलको हविगत एमालेमा देखियो । भीम रावल पार्टीमा रहँदै गर्दा नचिनेको अनुहार प्रदेश इन्चार्जमा आए । यो रावललाई हेपेको कुरा हो । १० बुँदे सहमति कार्यान्वयन नभए भीम रावल लगायतका नेताहरूले एमालेबाट बिद्रोह गरेहुन्छ । हेपिएर कति दिन बस्ने ? एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावलको अवस्था पार्टीमा नाजुक छ । १० बुँदे सहमति पालना नभएर माधब र झलनाथले एमालेवाट बिद्रोह गरेका हुन । यो कुरा सबैलाई थाहा छ । पार्टी एकताका पक्षमा कुनै नेता लाग्न सकेनन् । पार्टीको इतिहास, पार्टीमा गरेको लगानी कुनै नेताले भुल्नु हुँदैन । अध्यक्ष ओलीले महाधिवेशनलाई मर्यादित बनाउने भनेका छन तर के हो थाहा छैन । टुट फुट भन्दा सुदृढ एकता आजको आवश्यकता हो ।






