कविता : फर्गेट एस्टर्डे

✍️ पेशल आचार्य
रामेछाप, मन्थली
असोज १२ ।

दौरा शुरूवालभित्र रम्रिएर
टाउकोमा टोपी टकरक्क अड्याएर
गोडामा लेभर सुज भिरेर
जुँगामा ताउ मारेर
रात बिरात
समसम अर्काकी स्वास्नीको डेरामा जान्छ
र हुने नहुने
काम गर्छ
मस्ती मार्छ
कथित पुरुषत्व देखाउँछ
पदको
पावरको
पैसाको
अनि समाजले खिज्याए पछि
लाज सरम पचाएर भन्छ
डियर फर्गेट एम्टर्डे !

संसारभरि चलेका छन्
मिटु अभियान विरुद्ध संचेतनाका कार्यक्रमहरु
कतै लिङ्ग काट्ने अभियान
कतै जुत्ताका मुलायम मालाहरु
यस्तै नायकहरुलाई नै भनेर बनाइएका हुन्
पत्रुहरु
भीमसिने बोका भाँतीमा
पृथ्वीको कुनै कुनामा
प्रधानमन्त्री
अर्को दर्ग दिशामा
राष्ट्रपति
कतै सेनाका हाकिमहरु
कतै जनप्रतिनिधिहरु
जो-जो हुन् जे-जे हुन्
सबै-सबै भाले भाँतीमा डुक्रिएका छन्
सबै-सबै अहम्का तुष्टिका लागि उफ्रिएका छन्
न सुमरेका भाले
जोदाहागोरु
कामातुर भेडो
मानव आकृतिमा कलङ्क बोक्ने
तिनका नि आमा छन्
तिनका नि भार्या छन्
तिनका नि छोरी छन्
तिनका नि माइजू, काकी, भाउजू
आदि त्यादि सबै छन्,

जगत्मा
मेदिनीमा
धरामा
धरणीमा
जस्ले ठूलो धमास दिन्छ
जसको आवाज ठूलो हुन्छ
जो नगरा आवाजमै भाषण गर्छ
सोच्नुस् त्यो भित्रखोक्रो हुन्छ
भनाइ छ नि
-‘गरजनेवाली मेघ बरसतीनही !
-वरसने वाली मेघ गजरतीनही !
माझै मुखबाट भन्छ लवस्तरो
डियर फर्गेट एस्टर्डे !

उसैलाई प्रतिप्रश्न
आफ्नालाई परचक्रीले गरेको भए सो हिँसा
भन्न सक्थ्यो त्यसरी सजिलै ऊ
फर्गेट एस्टर्डे !
मान्छे अर्कालाई अर्ती दिँदा
डोकोमा जोखेर दिन्छ
तर आफूलाई लिनु पर्दा
तिलको दानामा जोखेर लिन्छ
अनि जीब्रो चपाएर भन्छ
डियर फर्गेट एस्टर्डे !

यसमा तपाइको मत

अन्य समाचार