थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं,
असोज ९ ।

शनिबार थप ९५३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा सात हजार ५० जनाको पिसिआर र तीन हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् भने एक हजार ३६० जना संस्थागत आइसोलेसनमा छन् ।

शनिबार काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

शनिबार थप एक हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै सात लाख ५९ हजार ८७५ कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुने दर ९६ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार