जेबी बिष्टको स्वरमा ‘सबै कुरा भुल तिमी…’ (भिडियोसहित)

काठमाडौं,
असोज ५ ।

जेबी बिष्टको स्वरमा रहेको गीत ‘सबै कुरा भुल तिमी…’ सार्वजनिक भएको छ । गायक विष्टकै शब्द तथा सङ्गीतमा र किरण कडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको गीतको भिडियोलाई निर्मल शर्माले निर्देशन गर्नुभएको हो भने सहनिर्देशन रजनी केसीको छ । उक्त भिडियोमा चीजकुमार श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

राजु केसीको छायाँकन रहेको भिडियो सांखुको रमणीय ठाउँ पालुबारिको ‘पालुबारि होम स्टे’लगायतका ठाउँमा छायाँकन गरिएको छ ।

समाजसेवी शंकर दुलालको विशेष सहयोगमा बनेको भिडियोमा गौतमराज खडकाको सम्पादन, मुना नेपाली राईको मेकअप र फिल्ड सपोर्टमा सुमनकुमार श्रेष्ठ र कपिल कार्की रहनु भएको छ । भिडियोलाई निर्माता, निर्देशक तथा अभिनेता निर्मल शर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार