काठमाडौं,
असोज ५ ।
सुनिल थापा मगर र सुजिता योञ्जनको स्वरमा रहेको गीत ‘निर हो’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको शब्द तथा सङ्गीत, सञ्जय हमालको सङ्गीत संयोजन र गोबिन्द सोनीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गर्नुभएको छ ।
एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुत गरिएको भिडियोलाई शसान कंडेलको निर्देशन गर्नुभएको छ । भिडियोमा जीबी चिरन र सोनिया महतको अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ ।
भिडियोमा बुद्ध लामा र दीपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन छ । भिडियोलाई गायक सुनिल थापा मगरको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






