राजनीतिमा विश्वासको सङ्कट

✍️  डा. डीआर उपाध्याय
काठमाडौं,
असोज ५ ।

मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनुपर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन् । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छेसँग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरू राजनीतिबाट पाखा लागेका छन् । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागुहुन्छ ।

चन्दाको भरमा नेपालका राजनीतिक दलहरू चलेका छन् । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागि राम्रो संकेत होइन । अहिले दलहरू आन्तरिक द्वन्द्वमा फसेका छन् । कारण के हो भने सत्ता स्वार्थ अरु केही होइन । नेपालका कम्युनिस्ट पार्टीहरू एकअर्काप्रति प्रतिशोधको राजनीति गरिरहेका छन् । यसले जनताको हितमा कुनै काम गरेको छैन । यो राजनीतिले मुलुकलाई अस्तव्यस्त मात्र बनाएको छ । आज नेपाली राजनीति अस्थिरतातर्फ बढिरहेको छ । हिजो मिलेका पार्टी आज बिभाजित छन् । पार्टी एकीकरण गरेका कम्युनिस्टहरू आज एकअर्का बिरुद्ध बोलीरहेका छन् ।

मुलुकमा अस्थिरता निम्त्याउने काम दलहरूले गरिरहेका छन् । मुलुकलाई अराजकतातिर धकेल्ने दल र तिनका नेताहरूलाई जनताले समयमै चिन्नुपर्छ । आज देशमा प्रतिशोधको राजनीति मौलाएको छ । मुलुक अहिले गलत दिशामा अग्रसर हुन लागेको छ । यो बडो अशुभ संकेत हो । सरकार बनेको डेढ महिनाभन्दा बढी हुँदा पनि नेतृत्वले सरकारलाई पूर्णता दिन सकेको छैन । मुलुकको बहुमूल्य समय यसै खेर गइरहेको छ । अहिले नेपाली राजनीतिमा जे देखिएको छ त्यो राम्रो सङ्केत होइन । प्रतिशोधको राजनीतिले कसैलाई फाइदा गर्दैन ।

गलत राजनीतिको परिणाम अन्तिममा नमिठो हुन्छ । आज राजनीतिमा विश्वासको सङ्कट छ । आज दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन् । मुलुकलाई गलत दिशातर्फ धकेल्ने काम दलहरुले गरेका छन् । सबै दलका नेताहरूको समयमा बुद्धि पलाए मुलुक र जनताले दुःख पाउने थिएनन् । नेताहरूका कुराले सर्वसाधारणमा ठूलो भ्रम सिर्जना भएको छ । मुलुकमा ठूलो भ्रम सिर्जना गर्ने काम दलहरूले गरेका छन् । मुलुकलाई अस्तव्यस्त र अराजकतातर्फ धकेल्ने काम दल र तिनका नेताहरुबाट हुँदै आएको छ । आज एकअर्काप्रति अविश्वासको वातावरण सिर्जना गर्ने काम नेताहरूबाट भएको छ ।

शंका, उपशंका, झैझगडा, द्वन्द्व र अस्थिरताको चरम उत्कर्षतर्फ लैजाने काम दल र तिनका नेताहरूले गरिरहेका छन् । मुलुक अझै सोही दिशामा अग्रसर हुन सकिरहेको छैन । यो बडो अशुभ सङ्केत हो । सरकार बनेको डेढ महिनाभन्दा बढी समय भएको छ । यत्रो समयसम्म सरकारको नेतृत्वले सरकारलाई पूर्णता दिन सकेको छैन, मुलुकको बहुमूल्य समय यसै खेर फालिरहेको छ । यही शैलीमा सरकार अघि बढिरहनु भनेको मुलुकका लागि दुर्भाग्य हो ।

यस्तो राजनीतिक सङ्कटको समयमा सरकारले सही दिशा समात्नु पथ्र्यो । तर, सकेन । मुलुक चलाउन त्यति सजिलो छैन । आज समाजमा जताततै सरकारप्रति विभिन्न प्रश्नहरू उठिरहेका छन् । सरकारले भने कामको हिसाबले त्यसको जवाफ दिन सकेको छैन । जुन शुभ सङ्केत होइन। विकास निर्माण, सुशासन कायम गर्ने कुरामा सरकारको ध्यान अझै पुगेन । अझ जनताले यो सरकार प्रति कसरी विश्वास गर्ने ? कम्युनिष्टहरूको बानी भनेको एकअर्कालाई सिध्याउने राजनीति नै हो ।

प्रतिशोधको राजनीति कम्युनिष्टहरूमा छ । यसले जनताको हित गर्दैन । कम्युनिष्टहरूमा टुटफुट र एकअर्कामा तानातान खोसाखोसको अवस्था सिर्जना भएको छ । यसले मुलुकको हित गर्दैन । यसले उल्टै मुलुकलाई राजनीतिक सङ्कटतिर धकेल्ने कामगर्छ ।

यसमा तपाइको मत

अन्य समाचार