काठमाडौं,
असोज २ ।
बाल गायिका जिया भुसालको स्वरमा रहेको गीत ‘सुनकेशरी’ सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । महेश ज्ञवालीको सङ्गीत, सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको सङ्गीत संयोजन, गोबिन्द सोनीको मिक्सिङ मास्टरिङ रहेको गीत मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक सञ्चारकर्मी कृष्ण कंडेल, प्रतिमा कंडेल, बाल गायिका जिया भुसाललाई फिचर्ड गरिएको छ । शसान कंडेलले निर्देशन गर्नुभएको गीतको भिडियोमा दीपक गिरीको छांयाकन तथा बिकास दाहालको सम्पादन छ । भिडियोलाई एमएनएस् म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






